मोरङ । मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच भीडन्त हुँदा एक जनाको मृत्यु हुनाका साथै चार जना घाइते भएका छन् ।
आज अपराह्न १ बजे बेलबारी –५ कसेनी लोहन्द्रा पुलमा सोही स्थान बस्ने ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ र ३२ वर्षीय सन्तोष मगर तथा सोही स्थान बस्ने ४२ वर्षीय सईकुमार राई, ३५ वर्षीय समुद्र राई र १६ वर्षीय गौरव राईलगायतबीच भएको सामान्य वादविवादमा खुकुरी प्रहार भइ घाइते भएका ४० वर्षीय चन्द्रकुमार राईको विराट शिक्षण अस्पताल बूढीगङ्गामा उपचारका क्रममा मृत्यु भएको प्रहरिले जनाएको छ । घाइते भएकाहरुको उपचार भइरहेको छ । झगडामा संलग्न अन्य तीन जनाको खोजी भइरहेको छ ।