स्वास्थ्यमन्त्री ढकाल र प्रधानसेनापति थापा सेल्फ आइसोलेसनमा

काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछी स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र प्रधानसेनापति पूर्णचन्द थापा पनि सेल्फ आइसोलेसनमा बसेका छन् ।

यस अघी रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा सेल्फ आइसोलेसनमा बसेका थिए ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका विषयमा सीसीएमसीको सचिवालयमा गत आइतबार भएको छलफलमा सहभागी कर्मचारी संक्रमित पाइएपछी यी सबै सेल्फ आइसोलेसनमा बसेका हुन् ।
बैठकमा सहभागहिरुको पीसीआर परीक्षण गरिएको भए पनि नतिजा आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *