खुकुलाे बनाउँदै कास्कीमा फेरि ८ दिन निषेधाज्ञा थपियाे

कास्की । कास्कीमा जारी निषेधाज्ञा खुकुलाे बनाउँदै ८ दिन थप भएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालद्वारा जारी सूचनाअनुसार अबदेखि जिल्लाभर जोरबिजोर प्रणालीमा ट्याक्सी र निजी सवारीसाधन बिहान ६ देखि ८ बजेसम्म चलाउन सकिने भएको छ ।

साथै, यसअघि सरकारी कार्यालय तथा बैंक तथा वित्तीय संस्था खुल्दै आएकोमा अबदेखि सहकारीहरु पनि भीडभाड नहुने गरी संचालन गर्न सकिने भएको छ । कामदार तथा सेवाप्रवाहलाई सुरक्षित बनाइ सबै प्रकारका निर्माण कार्य तथा उद्योग पनि संचालन गर्न सकिने छ ।

होटल तथा रेष्टुरेन्टहरुले टेक अवे सेवामात्र साँझ ७ बजेसम्म संचालन गर्न सक्ने छन् । साथै अत्यावश्यक कामका लागि घरबाहिर निस्कदा अनिवार्य मास्क लगाउनुपर्ने, २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने, पटकपटक साबुनपानीले हात धुनुपर्ने, सेनिटाइर लगाउनुपर्ने नियम जारी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *