जापानी प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिए

काठमाडौँ । जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा घोषणा गरेका छन् । “मेरो कार्यकालको एक वर्ष अवधि हुँदाहुँदै पनि मैले राजीनामा दिने निर्णय गरेको छु,” आबेले शुक्रबार पत्रकार सम्मेलनमा भने । उनले जिम्मेवारी पूरा गर्न नसकेकोमा जापानी जनतासँग माफी माग्न चाहेकोसमेत बताएका छन् ।

जापानको इतिहासमै सर्वाधिक लामो समय प्रधानमन्त्री बनेका ६५ वर्षीय नेता सिन्जो पछिल्लो समय स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । स्वास्थ्य समस्याका कारण उनी पछिल्लो दुई साताअघि मात्रै दोस्रो पटक अस्पताल भर्ना भएका थिए ।

आबे पछिल्लो समय“‘कोलाइटिस”को स्वास्थ्य समस्यासँग जुध्दैआएका थिए । २००७ मा पनि आबेले यसै गरी स्वास्थ्य समस्या देखाउँदै राजीनामा दिएका थिए । तर २०१२ मा फेरि निर्वाचिन भएका हुन् । कोरोना महामारीसँग जुध्नुपर्ने कठिन समयमा अचानक आबेले दिएको राजीनामालाई चासोका साथ हेरिएको छ । यद्यपि उनी सफल प्रधानमन्त्रीको रुपमा चिनिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *