उपप्रधान तथा रक्षामन्त्री पोख्रेल र गृहमन्त्री थापा हाेम आइसोलेसनमा

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेनमा बसेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय सदस्यसमेत रहेका दुबै नेता आइसोलेसनमा बसेपछि भोलिका लागि निर्धारित सचिवालय बैठक स्थगित भएको छ ।

सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारको बैठक स्थगित गरिएको एक नेताले बताएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको ती नेताले बताए । नानौ जनामध्ये दुई जना आइसोलेसनमा बसेपछि सचिवालय बैठक भदौ १८ गतेलाई सारिएको छ । बैठकमा पार्टी विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *