मंगलादेवीलाई नेपाल रत्न विभूषणबाट विभूषित गर्न माग

काठमाडौँ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले नेपाली महिला आन्दोलनकी अग्रज तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ मंगलादेवी सिंहलाई नेपाल रत्न विभूषण अपिल गरेको छ । प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले आज एक विज्ञप्तिमार्फत नेपाली महिला आन्दोलनकी प्रणेता, प्रजातान्त्रिक आन्दोलनकी अग्रणी सिपाही सिंहलाई नेपाल रत्नबाट शुसोभित गर्नु राज्य र आम नागरिकको पनि दायित्व भएको उल्लेख गरेका छन् ।

नेतृ सिंहले प्रजातन्त्र स्थापनार्थ तथा नेपाली महिलाको हक र अधिकारको निमित्त गरिएका आन्दोलनमा अतुलनीय योगदान पु¥याउनुभएकी थिइन् । “महिलाहरुलाई घरभित्रको कामकाजमा सिमित गरी शिक्षा, स्वास्थ्य, स्वनिर्णय जस्ता आधारभूत मानव अधिकारबाट समेत बन्चित गर्ने सामाजिक प्रचलन रहेको र राजनीतिमा महिला सहभागीता लगभग शून्य रहेको समयमा महिलाले भोट हाल्न र पढ्न पाउनुपर्ने अधिकारका लागि आवाज उठाउने नेतृ सिंह नेपाली महिला अधिकार आन्दोलनकी रत्न हुनुहुन्छ भन्ने कुरामा कुनै दुई मत छैन्” विज्ञप्तिमा उल्लेख छ ।

काठामाडौँको सम्पन्न परिवारकी छोरी र बुहारी हुँदाहुँदै पनि प्रजातन्त्र र नारी स्वतन्त्रताको निमित्त सिंहले खेपेको दुःख कष्ट सबैको लागि प्रेरणादायी छ । विसं २००७ को क्रान्तिदेखि २०४६ सालको जनआन्दोलनसम्म उनको अविच्छिन्न प्रेरणादायी भूमिका रहेको प्रतिष्ठानले जनाएको छ । नारी पुरुष एक अर्काको पुरक हुन्, नारी स्वतन्त्रता भनेको घर गृहस्थी बिगार्नु होईन, बरु यो त कर्तब्य बोध पनि हो, महिलाले स्वतन्त्र रुपले व्यक्तित्व विकास गर्ने अवसर पाउनु पर्दछ भन्ने मान्यता राख्ने नेतृ सिंह नेपाल महिला संघको पहिलो अध्यक्ष थिइन् । मंगलादेवी सिंहले विवाह भएको चार महिनामा नै आफ्ना पति गणेशमान सिंहलाई जन्मकैद भएको बज्रपात सहेकी थिइन् । सो घटानाले उनलाई हतास बनाएन र विद्रोही आन्दोलनमा सक्रियताका साथ लाग्न प्रेरणासमेत दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *