शब्द कोरेर रूवाउन्छन्, हँसाउछन् तर आफैँ गुमनाम छन् गितकार अर्याल

“सोचे झै जिन्दगी हुँदैन” भन्ने शब्दले सामाजिक बिकृतीलाई गीतको माध्यमबाट तीखो प्रहार गरेको छ । दुःखलाई मलमपट्टी लगाउने र सुखमा मायाप्रितीमा शब्द कोर्नुलाई विषेशता नै मान्न सकिन्छ । गहिरो भाव उजागर गर्ने खुबी भएका गितकार हुन्– नेत्र अर्याल ।

गुल्मीको ईस्मामा जन्मिएका गितकार अर्यालका लोकदोहोरी पछिल्लो समयमा निकै चर्चामा छन् । लोकदोहोरीको क्षेत्रमा उनले एकछत्र राज गर्न सफल भएका छन् । गितकार अर्यालका गीतहरू अहिले निकै उत्कृष्ट रहेका छन् । बजारमा आएका गीतले धेरैको मन जितेका छन् । “अब त मैले नि झुम्का लगाउँछु”, “आज त भेट्न आउँदिन है कालु” जस्ता उनका गीतको चर्चाले शिखर चुम्न सफल भए । “यसपालिको तीजमा लरीलै लरीलै”, “सोचे झैँ जिन्दगी”, “तीज माहामारी काण्ड”, “आधि बाटो”लगायतका अन्य थुप्रै तीज गीतहरुका शब्द श्रोता तथा दर्शकहरुको मन मनमा बसेका छन् ।

करीव दश वर्षअघि सांगीतिक क्षेत्रमा पाईला चालेका उनले विशेष गरेर आफ्नै कला संस्कृतिलाई प्राथमिकता दिने गर्छन् । समाजमा घटेका यथार्थ घटनाहरुलाई टपक्कै टिपेर गीतमार्फत प्रस्तुत गर्ने खुबी छ उनमा । समाजमा देखिएका बिकृतिका गीतहरु ल्याएर बजारमा चर्चित बन्न खोज्नेहरु पानीका फोका जस्तै हुन भन्नेहरु माझ समाज रुपान्तरणका शब्द कोर्ने युवा गितकार अर्याल एउटा उदाहरण बनेका छन् । गितकार अर्यालका गीत लोकप्रिय बनेका छन् । मौलिक संस्कृतिबाट कहिले अलग नरहने उनमा खुवी छ । बजारमा आएका गीतको यस्तै गहिरो भाव झल्किन्छ ।

नेपालीहरुको माहान चार्ड बडा दशैँलाई लक्षित गरि “ओई कान्छु म परदेश जान्छु” भन्ने गीत प्रस्तुत गरेका छन् । तीज गीतको रौनकताबाट बन्चित हुने अशंख्य श्रोता तथा दर्शकहरुका लागि पनि यो गीतले मन जित्न सक्ने विश्वास गरिएको छ ।

उनका लोकदोहोरी क्षेत्रमा “चिसो मैना पुसैको”, “औशी”, “फुलमती”, “बाच्छीले धान खायो”, “सातफेरो”, “दास बनेर”, “मायामा पागल”, “दिलमा त अर्कैलाई”, “कति माहान छौ”, “भेट्न आउ भो अन्तिम चोटिमा” लगायत करिब ३ सयभन्दा बढी गीतहरु लोकसंगीतको क्षेत्रमा आएका छन् ।

One thought on “शब्द कोरेर रूवाउन्छन्, हँसाउछन् तर आफैँ गुमनाम छन् गितकार अर्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *