काठमाडौँ उपत्यकाकाे जारी निषेधाज्ञा एक साता थप, भदाै १७ गते बुधबार मध्यरातसम्म कायम

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषधाज्ञा अर्काे बुधबारसम्म लागू हुने गरी एक साता थप गरिएको छ। काठमाडौँ, ललितपुर र भक्तपुर गरी उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सरोकारवाला निकायको हिजो र आज बसेको बैठकपछि भदौ १७ गते राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा थपिएको हो ।

यसअघि भदौ ३ गते मध्यरातदेखि जारी निषेधाज्ञा आज राति १२ बजेसम्म कायम रहेको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी निषेधाज्ञाको अवधिमा मानिसहरू बाहिर हिँडडुल गरेको देखिएको उल्लेख गर्दै अबको निषधाज्ञाको क्रममा थप कडाई हुने बताए ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका प्रमुख र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफल गरेका थिए । छलफलका क्रममा निषेधाज्ञा अझ कडा पार्न सुझाव दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *