नेपालगन्जका एक कोरोना संक्रमितको मृत्यु

बांके । बाँकेमा कोरोना संक्रमणबाट थप एक ब्यक्तिको निधन भएको छ । स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, मंगलबार राति नेपालगञ्ज उपमहानगरपालिकाका ३७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

नेपालगञ्जका ३७ वर्षीय पुरुषको दुवै फोक्सोमा निमोनिया भएपछि भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो।

बिहान १० बजे भर्ना गरिएका उनको ११ बजे स्वाव लिइएको थियो । भोलिपल्ट ९ गते दिउँसो तीन बजे कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *