राजधानी उपत्यकामा निषेधाज्ञा भदौ १५ सम्म

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा बढाउने उदेश्यले आज दिउँसो काठमाडाैँ, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा अपरान्ह ३ बजे बस्ने बैठकमा तीनवटै जिल्लाका सिडियो र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहने भएको छ । स्रोतका अनुसार कोरोना संक्रमणको स्थिति उस्तै रहेकाले निषेधाज्ञा लम्ब्याउने सम्भावना छ ।

काठमाडाैँ उपत्यकाका नगरपालिकाहरूकाे संगठन नगरपालिका फाेरमले पनि निषेधाज्ञा १५ गतेसम्म लब्याउन सिफारिस गर्ने हिजाे निर्णय गरेकाे छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले स्थानीय निकायकाे सिफारिस कार्यान्वयन गर्ने लगभग पक्का छ ।

गत भदौ ३ गते मध्यरातदेखि एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको थियो। अहिले काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्नसमेत निषेध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *