उपत्यकामा २२४ सहित कोरोनाका ७४३ संक्रमित थपिए, १७५ जना डिस्चार्ज

काठमाडौँ । २ सय ४६ जना महिला तथा ४ सय ९७ जना पुरुष गरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका ७ सय ४३ संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १० हजार २ सय ३४ पिसिआर परीक्षण गर्दा काठमाडौमा १ सय ७७, ललितपुरमा ३३ तथा भक्तपुरमा १४ जना गरी उपत्यकामा २ सय २४ सहित देशभर ७ सय ४३ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

यस्तै २४ घण्टामा १ सय ७५ संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ८ सय ६ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर १३ हजार ७ सय १५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

८ जना संक्रमितको को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीका ३ पुरुष र एक महिला, पर्सा र काठमाडौका १/१ जना महिला तथा मोरङ र सुनसरीका १/१ पुरुष गरी ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै मृत्यु हुने संक्रमितको संख्या १ सय ५७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *