आजदेखि उपत्यकामा ९५० शय्याको एकीकृत क्वारेन्टाइन सञ्चालन

काठमाडौं। वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई राख्न सोमबारबार काठमाडौँ उपत्यकामा ९५० शय्या भएको एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याईएको छ ।

काठमाडौँं, ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टाइनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठित समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको छ।

समितिका सदस्यसचिव एवं गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ९५० जना तत्काल बस्ने गरी एकीकृत क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।

काठमाडौँंको सामाखुशी र कीर्तिपुरमा रहेको राधा स्वामी व्यास केन्द्रमा आठ सय जनालाई राखिने छ । त्यसैगरी जावलाखेलमा रहेको प्रशासनिक प्रशिक्षण केन्द्र स्टाफ कलेजमा एक सय र चाँगुनारायण नगरपालिकाको तेलकोटा भवनमा ५० जनालाई राखिने छ ।

सामाखुशीमा रहेको राधा स्वामी व्यास केन्द्रमा यसअघि होल्डिङ सेन्टर सञ्चालन गरिएकोमा अब एकीकृत क्वारेन्टाइन सञ्चालन गर्न लागिएको हो । सो स्थानमा नेपाली सेनाले अहिले पनि सुरक्षा दिइरहेको छ।

मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार सरकारले छ हजार जना बस्न सक्ने एकीकृत क्वारेन्टाइन व्यवस्थापन गर्न भनेकाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको समन्वयमा थप स्थानको पहिचान गरिनेछ।यो खबर गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *