रुसमा अर्को कोरोना भाइरसको खोप तयार

मस्को । रुसले अर्को कोरोना भाइरस खोप विकसित गर्न सफलता प्राप्त गरेको दावी गरेको छ । यो एपीभ्याक कोरोना खोपमा पहिलाको जस्तो कुनै साइड इफेक्ट नहुने बताइएको छ ।
यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्पुटनिक भी नामको कोरोना भाइरस खोप बनाउनु घोषणा गरेको थियो । यद्यपी यस खोपको कयौं साइड इफेक्टलाई लिएर रुसको कडा आलोचना भएको थियो ।
रुसले यो नयाँ खोपको नाम एपीभ्याक कोरोना दिइएको छ । यस खोपलाई पनि विज्ञहरुले आशंका गर्ने बताइएको छ । यसअघि विश्व स्वास्थ्य संगठनले कुनै पनि कोरोना खोप सन् २०२१ अघि आउन नसक्ने बताएको थियो । रुसले एपीभ्याक कोरोना खोपको निर्माण साइबेरियामा सोभियत संघ कालिन एक पूर्व अति गोप्य जैविक हतियार केन्द्रमा गरिरहेको छ ।
रुसको यो नयाँ कोरोना भाइरस खोपको क्लिनिकल परीक्षण सेप्टेम्बरमा पुरा भएको वैज्ञानिकहरुले बताएका छन् । जसमा ५७ जनामा यो खोप दिइएको थियो र उनीहरुमा कुनै साइड इफेक्ट देखिएको थिएन ।
सबै स्वयंसेवकहरुले राम्रो महसुस गरिरहेको उनीहरुले बताए । उनीहरुलाई २३ दिन सम्म अस्पतालमा राखिएको थियो ता कि उनीहरुको परीक्षण गर्न सकुन् । समाचार एजेन्सी इन्टरफ्याक्सले भनेको छ – सबै स्वयंसेवकहरुले राम्रो महसुस गरिरहेका छन । कुनै प्रकारको दुष्प्रभाव अहिलेसम्म पाइएको छैन ।
स्वयंसेवकहरुलाई १४ देखि २१ दिन भित्र दुई पटक नयाँ खोपको डोज दिइएको थियो । यो खोपको दर्ता अक्टोबरमा गर्न सकिने र नोभेम्बरमा उत्पादन शुरु हुने रुसले अपेक्षा गरेको छ ।यो खोपलाई वेक्टर स्टेट रिसर्च सेन्ट अफ वायरोलोजी एन्ड बायोटेक्नोलोजीले तयार गरेको हो । यो प्रयोगशाला विश्वको ती दुई स्थान मध्यमा पर्छ जहाँ चमरोको भाइरस राख्न अनुमति छ । अर्को स्थान भनेको अमेरिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *