काठमाडौँ । सरकारले चीनका दुई शहर ल्हासा र हङकङका लागि क्रमशः नवराज ढकाल र उदय रानामगरलाई महाबाणिज्यदूत सिफारिस गरेकाे छ । उनीहरू दुबै नेपाल सरकारका सहसचिव हुन् । राना झापाको प्रमुख जिल्ला अधिकारी र ढकाल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेका छन् ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले हङकङका लागि राना र ल्हासाका लागि ढकालको नाम सिफारिस गरेको हो । सम्भवतः भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले ढकाल र रानालाई हङकङ र ल्हासाको महाबाणिज्यदूतमा चार वर्षका लागि नियुक्त गर्नेछ । हङकङ र ल्हासाको महाबाणिज्यदूत पद ५ महिनादेखि रिक्त थियो ।
महाबाणिज्यदूतमा सिफारिस भएका राना र ढकाल दुबै नेपाल सरकारका इमान्दार कर्मचारी मानिन्छन् । उनीहरु दुबै नुवाकोटका स्थायी बासिन्दा हुन् ।