फर्नान्डेस चौथोपटक ‘प्लेयर अफ दि मन्थ’

लन्डन ।
इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेस चौथोपटक ‘प्लेयर अफ दि मन्थ’ घोषित भएका छन्।
युनाइटेडले शनिबार फर्नान्डेसलाई अगस्ट महिनाको ‘प्लेयर अफ दि मन्थ’ घोषित गरेपछि उनले चौथोपटक उक्त अवार्ड पाएका हुन्। गत जनवरीमा युनाइटेड आएका उनले चौथोपटक क्लबको ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका छन्।
पोर्चुगिज मिडफिल्डर फर्नान्डेसले यस अवार्डका लागि समर्थकबाट ४८ प्रतिशत मत पाएका थिए। उनले उक्त अवार्डको दौडमा ४४ प्रतिशत मत पाएका एन्थोनी मार्सियललाई पछि पारेका हुन्। फर्नान्डेसले अगस्टमा युरोपा लिगको खेलमा दुई गोल गरेका थिए। उनले कोपनहेगन र सेभियाविरुद्ध पेनाल्टीमा एक–एक गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *