सन्दिपको टिमको लगातार दोस्रो हार

जमैका। नेपाली तीव्र बलर सन्दीप लामिछानेले शानदार बलिङ प्रर्दशन गरेपनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० मा जमैका लगातार दोस्रो हार ब्यहोरेको छ ।
आज बिहान भएको खेलमा गुएना अमेजन वारियर्सबिरुद्धको खेलमा सन्दीप सम्मिलित टिम १४ रनले पराजित भएको हो ।

१ सय १९ रनको लक्ष्य पछ्याएको जमैकाले ७ विकेटको क्षतीमा १ सय ४ रन मात्र बनाएको थियो । सन्दीप लामिछाने ३ बल खेल्दै शुन्य रनमा आउट भए ।

सुरुवातमा ब्याटिङ गरेको गुएनाले निर्धारित ओभर सकिन ५ बल बाँकी छंदै अलआउट भएर १ सय १८ रन बनाएको थियो ।
नेपालका सन्दीपले किफायती बलिङ प्रर्दशन गर्दै दुई विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ८ रन खर्चिएर २ विकेट लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *