वीरगञ्ज । कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका– ११ बस्ने ५६ वर्षीय महिलाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
संक्रमण पुष्टि भइ वीरगञ्ज हेल्थ केयर कोरोना अस्थायी अस्पतालमा भर्ना भएकी ती महिलाको उपचारको क्रममा मृत्यु भएको हो।
गत साउन २२ गते ती महिलाको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।
