गण्डकी प्रदेशमा भारी बर्षा हुने, स्थानीयलाई सचेत रहन आग्रह

काठमाडौं । आज देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

अहिले बिहान हाल देशको अधिकांश स्थानमा सामान्य बदलीको अवस्था रही प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *