काठमाडौं । कोरोना महामारी बढिरहेका बेला पछिल्लो पटक सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरुमा पनि संक्रमण पुष्टि भएको छ । अनलाइन खबरमा कार्यरत ९ जना पत्रकारलाई कोरोना भाइरस पुष्टि भएको हो ।
स्रोतका अनुसार फोटो पत्रकारसहित काठमाडौंस्थित डेस्कमा कार्यरत ९ जना पत्रकारलाई कोरोना पुष्टि भएको छ । सुरुमा एक जनालाई कोरोना संक्रमण भएपछि उनको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको स्रोतले जनाएको छ ।
