पर्सा र चितवनमा थप तीनजना संक्रमितको मृत्यु

काठमाडौं । पर्सा र चितवनमा आज तीनजनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
पर्साको बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको गएराती र आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ।
यससँगै वीरगञ्‍जमा अहिलेसम्म ३६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्‌।
प्रशासन कार्यालयका अनुसार दुवै जनाको वीरगञ्ज हेल्थ केयर (नारायणी कोभिड अस्पताल) मा मृत्यु भएको हो।
५८ वर्षीय पुरुषको भदौ ४ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो।
चितवनस्थित पुरानो मेडिकल कलेजमा पनि गएराती हेटौंडाकी कोरोना संक्रमित महिलाको ज्यान गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *