वीरगञ्ज । पर्सामा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका १५ का ७४ वर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको नारायणी कोभिड १९ वीरगञ्ज हेल्थ केयर अस्पतालजानकारी दिएको छ ।
उनको उपचारको क्रममा बिहीबार साँझ पौने ७ बजे नारायणी कोभिड १९ वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो।
