काठमाडौँ । थ्रि सिक्स्टी ट्रान्सपोर्ट सोलुसन्स प्रा. लि. र सिद्वार्थ बैंँक लिमिटेडबीच सार्वजनिक यातायातको क्षेत्रमा नवीनतम् डिजिटल भुक्तानी सेवाको लागि व्यावसायिक सम्झौता सम्पन्न भएको छ । दुई कम्पनीले गरेको यस सम्झौताले यात्रुलाई महामारीबाट सुरक्षितरुपमा यात्रा गर्न नयाँ आयम थप्ने विश्वास गरिएको छ ।
थ्रि सिक्स्टीका प्रमुख कार्यकारी अधिकृत खुसल रेग्मी र सिद्वार्थ बैँकका सहायक महाप्रबन्धक सुरेशराज महर्जनले व्यावसायिक सम्झौतामा बिहीबार हस्ताक्षर गरेका छन् । डिजिटल भाडा भुक्तानी, जिपिएस ट«ेकिङ्ग, स्मार्ट बहुउपयोगी बोर्ड, मोबाइल एप्लिकेसनलगायतका सेवा रहेका छन् । यातायातका क्षेत्रमा प्रयोग गरिने यस प्रणालीमा भुक्तानीको लागि सिद्धार्थ बैँकको पिओएस मेसिनको व्यवस्था गरिने उल्लेख गरिएको छ ।
यात्रुहरूको सुबिधाको लागि प्रिपेड कार्ड, क्युआर कोर्डबाट सोझै वा बैँकमार्फत भुक्तानी गर्न सकिने छ । यस प्रणालीले यात्रु वर्गलाई सुबिधा प्रदान गर्नुको साथै कोरोना महामारीको समयमा थप सुरक्षा हुने थ्रि सिक्स्टीका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताएका छन् ।

