नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका पूर्व प्रधानमन्त्री राजिव गान्धीलाई श्रद्धाञ्जलि व्यक्त गरेका छन । पूर्व प्रधानमन्त्री स्वर्गीय गान्धीको ७६ औँ जन्म दिनको अवसरमा प्रधानमन्त्री मोदीले उनको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि दिएका हुन ।
प्रधानमन्त्री मोदीले आज आफ्नो ट्वीटर अकाउन्टमार्फत उनलाई श्रद्धाञ्जलि दिएका भारतीय मिडियाले जनाएका छन् ।सन् १९४४ अगष्ट २० मा जन्मिनुभएका भारतीय काँग्रेस पार्टीका नेता राजिव गान्धी सन् १९८४ मा भारतको प्रधानमन्त्री बनेका थिए । उनी भारतको सबैभन्दा कम उमेरका प्रधानमन्त्री पनि थिए ।
सन् १९९१ को मेमा उनको हत्या भएको थियो । उनलाई भारतीय काँग्रेसले पनि स्मरण गरेको बताइएको छ ।
