काठमाडौ । कोरोना संक्रमणको कारण उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा उल्लघंन गर्ने सवारी साधन तथा बाटो हिड्ने बटुवालाई सुरक्षा निकायले नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान मर्निङवाक हिँड्ने तथा काममा भन्दै घरबाहिर निस्केका मानिस तथा सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । निषेधाज्ञा उल्लंघन गर्ने १ सयभन्दा बढी बटुवा र दर्जनौँ सवारी साधनलाई बिहानैदेखि नियन्त्रणमा लिइएको छ ।
प्रहरीले आज पहिलो दिन भएकाले संझाएर छोड्ने र अबदेखि अटेर गरे मुद्दा चलाउने तयारी स्थानीय प्रशासनले गरेको छ ।
