नेकपा कार्यदलले प्रतिवेदन बुझाउन ढिलाइ गरेपछि मन्त्रिपरिषद् पुनर्गठन हुन केही दिन लाग्ने

काठमाडौं । नेकपा विबाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदन तयार हुन ढिलाइ भएपछि मन्त्रिपरिषद् पुनर्गठन केही दिन पर सर्ने भएको छ । कार्यदलले विबादित बिषयमा व्यापक छलफल गरी प्रतिवेदन तयार गर्न केही समय मागेको बताइएको छ ।

अब बस्ने सचिवालय बैठकमा कार्यदलले तयार गर्ने प्रतिवेदनका विषयमा पनि अनौपचारिक छलफल हुने छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवाद समाधानका विषयमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी छुट्टाछुट्टै भेटेको प्रचण्ड निकट स्रोतले बताएको छ । “मप्रति केही आशंका नेताहरूमा थियो । तर भेटपछि त्यो आशंका हटेको छ,” प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले बतायो ।

क्याबिनेट पुनर्गठनबारे दुईजना अध्यक्षबीच भएको छलफलमा दाहालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई आवश्यक प्रस्ताव आफैँ ल्याउन भनेका छन् । पुनर्गठनमा आफ्नो विशेष आग्रह नभएकाले को राख्ने र को हटाउने भन्नेबारेको प्रस्ताव आफैँ ल्याउन प्रधानमन्त्रीलाई नेता प्रचण्डले स्वतन्त्रतापूर्वक छाडिदिएको समेत बताइएको छ । सबै मन्त्री फेर्ने वा केही राखेर अधिकांश फेर्ने भन्नेमा कुनै टुंगो नलागे पनि सम्भवतः अधिकांश मन्त्री फेरबदल हुने स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *