काठमााडौ । कोरोना संक्रमणका कारण धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एक ६७ वर्षीया महिलाको मृत्यु भएको छ।
मोरङको बुढीगंगा–२ निवासी उनको सोमबार हिजो राति मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
उनलाई विराटनगरस्थित विराट मेडिकल कलजेबाट सोमबार राति रिफर गरिएको थियो। उनमा भर्ना गर्दा अत्याधिक खोकी, सास फेर्न समस्या र ज्वरो आएको थियो।
मृतक महिलाको शव अस्पतालमै राखिएको र नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ।
