पूर्वसचिव महेश दाहाल राजश्व परामर्श समितिको अध्यक्षमा नियुक्त

काठमाडौं । सरकारले नेपाल राजस्व परामर्श विकास समितिको अध्यक्षमा पूर्वसचिव महेश दाहाललाई नियुक्त गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै दाहालको नियुक्ती बारेमा जानकारी दिएका हुन् ।

बोर्डको सदस्यमा भने पूर्वसहसचिव निर्मलहरी अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको छ । सरकारले राजस्वसम्बन्धी नीतिगत काम गर्ने प्रयोजनका लागि स्थायी संयन्त्रको निर्माण गरेको हो ।

समितिको पूर्णतासँगै अब हरेक वर्ष बजेट निर्माणका बेला बनाइने राजस्व परामर्श समितिको औचित्य सकिएको छ । यही स्थायी संयन्त्रले राजस्वसम्बन्धी सरकारलाई परामर्श तथा सिफारिस गर्न सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *