काठमाडौं । सरकारले जर्मनी, युरोपियन युनियन (ईयू) र बेल्जियम तथा पाकिस्तानका लागि राजदूत नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले तीन देशका लागि राजदूत सिफारिस गरेको हो ।
परराष्ट्र मन्त्रालयका सहसचिवहरू गेहेन्द्र भण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई क्रमशः यूराेपियन युनियन तथा बेल्जियम, पाकिस्तान र जर्मनीको राजदूतमा गरिएको अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । उनीहरू सबै जना पराराष्ट्र मन्त्रालयका कर्मचारी हुन् ।