मलामी गएका युवक महाकालीमा बेपत्ता

कञ्चनपुर । मलाम गएका एक युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने आफन्तको साेमबार मलामी गएका वेदकोट नगरपालिका–७ गाउजीका अन्दाजी १७ वर्षीय जनक साउद महाकालीमा बेपत्ता भएका हुन् ।

अन्तिम संस्कारमा सहभागी भई नुहाउन जाँदा उनी नदीको वहाबमा परी बगेका हुन् । ब्रह्मदेवस्थित महाकाली नदीको घाटमा बगेर बेपत्ता साउदको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

बिहान करीब ९ बजे बेपत्ता भएका साउदको खोजी जारी रहेको सीमाचौकी ब्रह्मदेवका प्रहरी नायब निरीक्षक जनकराज जोशीले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *