बिदेशमा अलपत्र ५१ हजार नेपाल फर्किए

काठमाडौ । कोरोना संक्रमणको जोखिमका कारण सरकारले मुलुकभर लकडाउन गरेपछि साउन ३१ गते सम्म बिभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार गर्ने क्रममा ५१ हजार ४ सय ४१ जना नेपाल ल्याइएको छ ।
सरकारले अहिले सम्म ३० वटा मुलुकबाट ती नेपालीलाई नेपाल आउन सफल भएको छ । अहिले सम्म अफगानिस्तानबाट ५० जना, अष्ट्रेलियाबाट ९सय ४३ जना, ओमानबाट ८ सय ११ जना, कतारबाट ६ हजार १ सय ९१ जना नेपाल आएका छन ।

त्यसैगरी म्यानमारबाट ८ सय ११ जना,कुवेतबाट ६हजार ३ सय २९ जना, जापानबाट १ हजार २ सय ८२ जना, थाइल्यान्डबाट ३ सय २६ जना, दक्षिणकोरियाबाट ९सय ६७ जना, बंगलादेशबाट ८ सय ४१ जना, मलेसियाबाट ७ हजार ६ सय ४२ जना नेपाल आएका छन ।

उद्धार गर्ने क्रममा माल्दिभ्सबाट ७ सय ९ जना, श्रीलंकाबाट ५ जना, युनाइटेड अरव इमिरेट्सबाट १४ हजार ३ सय १४ जना, साउदीअरेबियाबाट ७ हजार ८ सय १७ जना, सिंगापुरबाट २ सय ९७ जना, हङकङबाट ८९ जना, पाकिस्तानबाट ७२ जना, बहराइनबाट ९ सय ८० जना, अमेरिकाबाट ४ सय २३ जना, बेलायतबाट २ सय २९ जनालाई नेपाल ल्याइएको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले जनाएको छ ।

त्यसैगरी इजरायलबाट १ सय २७ जना, चीनबाट२सय ८ जना, टर्कीबाट १ सय १० जना, फिलिपिन्सबाट २ सय १ जना, स्विजरल्याण्डबाट १० जना, दक्षिण सुडानबाट २ सय ५० जना, सेन्टर रिपब्लिक कारबाट६८ जना, भारतबाट ८५ जना र भारतबाट ३९ जनालाई उद्धार गरेको पनि सेन्टरले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *