काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय पुगेको छ । धनुषामा बिहीबार मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मृत्यु हुनेको संख्या एक सय पुगेको हो ।
मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका –४ का ५० वर्षीय पुरुष रहेका छन । श्वास प्रश्वासमा समस्या देखिएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो । तर, त्यहाँबाट बिहीबार काठमाडौं रेफर गर्दा उनको बाटोमा नै मृत्यु भएको बताइएको छ ।
यसअघि शुक्रबार थप चारसहित नेपालमा ९९ जनाको मृत्यु भएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको थियो ।
