७६ हजार प्रहरी कर्मचारीको कोरोना बिमा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले कोरोना संक्रमण बढ्दै गएपछि देशभर रहेका आफ्ना मातहतका प्रहरी कर्मचारीको एक लाखको कोरोना बिमा गरिदिएको छ । देशभर अग्रभागमा रहेर काम गर्दै आएका प्रहरी कर्मचारीको संगठनले नै बिमा वापतको रकम तिरिदिने गरी बिमा गरिदिएको प्रधान कार्यालयले जनाएको छ ।

पछिल्लो समय प्रहरी कर्मचारीमा कोरोना संक्रमण बढेपछि प्रधान कार्यालयले उक्त निर्णय गरेको परिपत्र देशभर गरेको छ । नेपाल प्रहरीमा झण्डै ७६ हजार प्रहरी कर्मचारी रहेका छन । उनीहरुलाई बिमा गर्दा प्रधान कार्यालयले ४ करोड ५६ लाख रकम बिमा कम्पनीलाई तिर्ने भएको छ । कोरोना बिमा गर्दा बिमित ब्यक्ति कोरोना संक्रमित भए बिमा कम्पनीले एक लाख ती संक्रमित ब्यक्तिलाई दिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *