काठमाडौ । पछिल्लो २४ घण्टामा नेपाल मा ५ सय ९४ कोरोनाका संक्रमित थपिएका छन । देशभरका ३९ प्रयोगशालामा ११ हजार ५ सय ७५ पिसिआर परिक्षण गर्दा ५ सय ९४ जनामा पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन ।
यस्तै २४ घण्टामा २ सय ४० संक्रमित निको भएका छन । यो सँगै निको हुनेको संख्या १७ हजार ७७ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घन्टामा मोरङ र सिराहामा १/१ जना तथा बारामा २ जना गरी ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतम ले जानकारी दिएका छन ।
