सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान साढे ६ बजेतिर गएको पहिरोमा परी एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका छन् । घटनास्थलमा रहेका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले स्थानीय मानबहादुर दोङको परिवारको ६ जनासहित ३८ जना बेपत्ता भएको र ८ जना घाइतेलाई उद्धार गरी उपचारका लागि पठाइएको जानकारी दिए ।
‘अहिलेसम्म एकै परिवारका ६ जनासहित ३८ जान बेपत्ता भएको जानकारी आएको छ’, टेलिफाेनमा उनले भने, ‘८ घाइतेको उद्धार गरी उपचारका लागि पठाएका छौँ ।’ पहिरोबाट ३७ घर पूर्णरुपमा ध्वस्त भएको पनि उनले जानकारी दिए ।
हाल उद्धारकार्य जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । रेडक्रसकाे टाेली पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिएका छन् ।
घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिराले पुरिएकाहरुको खोजी शुरु भएको छ । घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरामा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।
बेपत्ता हुनेको सूची(गाउँपालिका अध्यक्षका अनुसार) १. छविलाल दोङ २. सोमरानी दोङ ३. धनलक्ष्मी ४. शिरमाया दोङ ५. विवरानी दोङ ६.साहिँली दोङ ७.बिबी लक्ष्मी ८.सानुकान्छा ९.साङलामो दोङ १०सोनाम दोङ ११.हिरा भक्ति १२.जीते झाँक्री १३.सानुकान्छी दोङ(गर्भवती) १४.दिन्दुस दोङ १५.सुरज दोङ १६.करेसमाई दोङ १७.च्यामा दोङ १८सानु दोङ १९.टीकामाई दोङ २०.छिरिङ दोङ २१.मानबहादुर दोङ २२.जयबहादुर दोङ २३.प्रिया दोङ २४.प्रीति दोङ २५.कान्छी दोङ २६.सानुकान्छी दोङ २७.वाङ्ची लामा दोङ २८.धनमाया तामाङ दोङ २९.रेनिस दोङ ३०.मेकमाई दोङ ३१.मिलन दोङ ३२.विमला दोङ ३३.माइला पराङ ३४.प्रकाश दोङ ३५.साइली दोङ ३६.आयुश दोङ ३७.सुवास तामाङ ३८.टीकामाई दोङ









