सिन्धुपाल्चोकको जुगलमा १३ घर पुरिए, १५ जना घाइते (अपडेट)

काठमाडौं । लगातार परेको बर्षाका कारण सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ लामा टोलमा पहिरो जाँदा १३ घर पुरिएका छन् भने कैयन बेपत्ता भएका छन । बेपत्ताहरुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
आज बिहान ६ बजेतिर आएको पहिरोले ती घरहरु पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

पहिरोले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको, उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीय आशबहादुर तामाङले जानकारी दिनुभयो । पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिनुभयो । जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँदै गरेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *