बिराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिराहको विष्णुपुर गाउँपालिका– १ घर भएका ४० वर्षीय पुरुषको कोशी अन्चल अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।

गम्भीर अवस्थामा अस्पताल भर्ना भएका उनलाई बिहीबार नै कोरोना पोजेटिभ देखिएको थियो । बिहीबार राति करिब सवा ८ बजे उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या ९२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *