कानो । नाइजेरियाली शहर कानो स्थित एक इस्लामिक अदालतले १२ वर्षिया बालिकामाथि वलात्कार गरेको अभियोगमा एक जना वृद्धलाई मृत्युदण्ड सुनाएको छ । कानो राज्यका न्यायालयका प्रवक्ताले उच्च सरिया अदालतले एक जना ६१ वर्षिय नाम नखुलाइएका पुरुषलाई सन् २०१९ मा विकट फार्सा गाउँ नजिक एउटा रुख मुनि ती बालिकामाथि वलातकार गरेको घटनामा दोषि ठहराइएको वीवीसीलाई बताएको छ ।
ती विविहित वलात्कारीलाई इस्लामिक कानुन अनुसार ढुँगाले हिर्काएर मारिने छ । उनले आगामी तीस दिन भित्र यस निर्णय विरुद्ध अपिल गर्न पाउने छन् । कानो शहरमा एक साता भित्र सुनाइएको यो दोश्रो मृत्युदण्ड हो ।
गत सोमवार एकजना स्थानीय गायकलाई आफ्नो गीत मार्फत पेगम्वर मोहमदको अपमान गरेको अभियोगमा फाँसीको संजाय सुनाइएको हो । उत्तरी नाइजेरियाका करिव एक दर्जन राज्य मध्ये एक कानोेमा विगत दशक यता सरिया कानुनी प्रणाली कार्यान्वयनमा रहेको छ ।
वृद्ध वलात्कारीलाई मृत्युदण्ड
