काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक विश्वप्रसिद्ध वी च्याटको भुक्तानी सेवा भित्र्याएको छ । विश्वभरि कै चिनियाँहरुले वीच्याट पे प्रयोग गर्ने गरेका छन् ।वीच्याटको सुरु भएपछि चिनियाँहरुको कारोबार नगदमा नगन्य मात्रै हुन्छ ।
माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनियाँ पर्यटकहरुलाई लक्षित गर्दै वी च्याट वालेटबाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा सुरु गरेको बताएकाे छ । यद्यपि चिनियाँसँग कारोबार गर्ने नेपाली व्यापारीहरुले पनि वीच्याट भुक्तानीको सेवा प्रयोग गर्दै आइरहेका छन् । अबदेखि नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंकमा आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरिख गरेबापत भुक्तानी गर्नुपर्ने रकम क्यूआर कोड स्क्यान गरी वी च्याट वालेटबाट भुक्तानी गर्न सक्नेछन् ।
माछापुच्छ्रे बैंकले फष्ट पे टेक्नोलोजी प्रालीसँगको सहकार्यमा विइ च्याट वालेट सञ्चालनमा ल्याएको बताएको छ ।
