काठमाडौं उपत्यकामा थपिए १२७ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा आज १ सय २७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १ सय २७ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार काठमाडौंका १ सय ११, भक्तपुरका पाँच र ललितपुरका ११ जनामा कोरोना पुष्टि भएको हो ।

बिहीबार देशभर ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ । यस्तै सक्रिय संक्रमितको संख्या ८ हजार २५ पुगेको छ । मन्त्रालयका अनुसार १६ हजार ८ सय ३७ जनाले कोरोना जित्नेका छन् ।

क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ७ सय ६९ जना पुगेको छ भने आइसोलेसनमा ८ हजार २५ जनाको उपचार भइराखेको छ । यस्तै हालसम्म ९५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *