भावानुवाद टंक कार्की
यस सानो ग्लोवमा
एकाध झिंगाहरु आएर भित्तामा टाउको ठोक्छन्
बेरोकटोक भुनभुनाउँछन्
कहिले कर्कश स्वर निकाल्छन,
कहिले अलापविलाप
कमलको बोटमा चढेर कमिलाहरु
डिंग हाक्छन् ठुलो राष्ट्रको
उता जल मक्षिका फुइँ लाउँछन् विशालकाय रुख ढाल्ने
छाङ्गानमा उडाउँदै छ पश्चिमी हावाले पात पतिङ्गर
बाहिरबाट वाण हानिएका छन्, सुनिन्छ तिनको टंकार
यसर्थ बगुन्द्रो काम छन् गरी हाल्नु पर्ने
त्यो पनि हरदम अविलम्व
संसार त चल्दै रहन्छ
समय बित्दै जान्छ
दश हजार वर्ष त लामो भयो, पट्यार लाग्दो १
हरेक दिन सदुपयोग गर, हरेक घण्टा सदुपयोग गर १
चारै समुद्र उर्लिरहेका छन्,
बादल बाक्लिदै छ, पानी दर्किदै छ
पाँचै महादेश डगमगिदै छन्
हुरी चलेको छ र बिजुली चम्किदै छ
बढार सारा कीट किटाणुहरु ।।