कोरोना संक्रमण हुनेमा पर्सा पहिलो जिल्ला बन्यो

बीरगंज । पर्सामा जिल्लामा १ हजार १ सय ४४ जनालाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण पुष्टि भएका जिल्ला मध्ये पर्सा बुधवार सम्ममा पहिलो नम्बरमा रहेको छ ।

पर्सा जिल्लामा कोरोना संक्रमणबाट हाल सम्म २२ जनाको मृत्यु भएको छ । संक्रमित संख्या मध्ये २४३ ले कोरोना भाइरसलाई जितेका छन् । अस्पतालमा बेडको अभावमा, पुष्टि भएका मध्ये ३२५ जना होम आइसोलेसनमा रहेर उपचाररत छन भने ४४३ जना अस्पतालमा उपचार गराईरहेका छन् ।

कोरोना संक्रमणले पछिल्लो पटक काठमाडौं आक्रान्त बनेको छ । बढी संक्रमित हुनेहरूमा बाँके, रौतहट, कपिलवस्तु, झापा, मोरङ, धनगढी, धनुषा, दैलेख, रुपन्देही, सर्लाही, सप्तरी लगाएतका जिल्लाहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *