नेपाल र चीनका परराष्ट्र अधिकारीबीच संवाद

काठमाडौँ । नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, विभिन्न सम्झौता र त्यसको कार्यान्वयनका सन्दर्भमा आज छलफल भएको छ । दुबै देशका परराष्ट्र मन्त्रालयका अधिकारीहरूबीच आज बुधबार भर्चुअल बैठक सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास वैरागी र चीनका तर्फबाट उपमन्त्रीको नेतृत्वमा छलफल भएको जानकारी दिएको छ । दुवै देशका अधिकारीबीच भएको छलफलमा कोरोना महामारी रोकथाम र नियन्त्रणका विषयलाई जोड दिइएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *