काठमाडौँ । काठमाडौँ उपत्यकामा पहिलोपटक एकैदिन १ सय ३८ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
संक्रमितमध्ये काठमाडौंका १ सय नौ, ललितपुरका २१ र भक्तपुरका ८ जना रहेका छन् ।
उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो। यो अहिलेसम्म उपत्यकामा एकैदिन देखिएको धेरै संक्रमित संख्या हो । यसअघि हिजो मात्र १ सय ३४ जनामा कोरोना संक्रमण देखिएको थियो ।
