बुधबार ४८४ काेराना संक्रमित थपिए, ६७ डिस्चार्ज

काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरमा थप ४ सय ८४ जनामा कोरोना भाइरस पुष्टि भएको बताए । प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १३ रहेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ जनाको पीसीआर परिक्षण गरिएको थियो । हालसम्म ४ लाख ७२ हजार बढीको पिसिआर परीक्षण भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।

नेपालमा हालसम्म ९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *