सप्तरी । कोरोना भाइरस संक्रमणबाट सप्तरीमा एक जना संक्रमितको मृत्यु भएको छ । मंगलबार राति डाक्नेश्वरी नगरपालिका ८ घर भई राजविराज बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीमा कोरोना संक्रमणबाट हालसम्म तीन जनाको ज्यान गएको छ ।