काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । याे सँगै देशभर कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. गाैतमले पछिल्लो २४ घण्टामा १ सय ७१ जना डिस्चार्ज भएकाे जानकारी दिए । योसँगै १६ हजार ६ सय ६४ जना आजसम्म डिस्चार्ज भएका छन् ।
काठमाडौंका ११४, भक्तपुरका ८ र ललितपुरका १४ सहित काठमाडाैँ उपत्यकामा १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
७ हजार २०१ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेकाे पनि डा. गाैतमले बताए । नेपालमा मृत्यु भएकाहरूमध्ये ८३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
