लण्डन । ब्रिटेनको लिलाम कम्पनीले महात्मा गान्धीले प्रयोग गरेको चस्मालाई लिलामी गर्ने भएको छ । कम्पनीका प्रवन्धक ईस्ट ब्रिस्टल अक्शन्सका एन्ड्र स्टोले गान्धीको चस्मा १५ हजार पाउन्डमा बिक्री गर्न सकिने बताएका छन् ।
कम्पनीको इतिहासमा उक्त चस्मा महत्त्वपूर्ण वस्तु भएको र चस्माको मूल्य बारे त्यसको स्वामित्व भएका व्यक्ति झन्डै मुर्छा परेको उनले बताएका छन् ।
हाम्रा एक कर्मचारीले मलाई त्यो दिँदै त्यसमा गान्धीको चस्मा उल्लेख गरिएको एउटा टिपोट भएको बताएपछि अनुसन्धान गर्दा सुनको जलप लगाइएको घेरा भेटिएको थियो । उक्त गोलाकार चस्मा वास्तवमै नागरिक अधिकारका लागि सङ्घर्षशील भारतीय नेता गान्धीले लगाएको पत्ता लागेको थियो । गान्धीको चस्मा भएको पुष्टिपछि आफू झन्डै कुर्सीबाट लडेको उनीको दाबी छ ।
“मैले ती व्यक्तिलाई फोन गरेँ अनि उनलाई झन्डै हृदयाघात भए जस्तो मलाई लाग्छ,” स्टोले भनेकाछन् ।
सन् १९२० को दशकमा गान्धीलाई दक्षिण अफ्रिकामा ती परिवारका सदस्यले भेटेका थिए। त्यसपछि उक्त चस्मा आफ्नो परिवारको स्वामित्वमा आएको उनको भनाई रहेको छ।
हामीले मिति जाँच्यौँ। सबै कुरा मिल्यो, गान्धीले चस्मा लगाउन थालेको मिति पनि मिल्यो,” स्टोले भनेले बताएका छन् ।
गान्धीले सुरुसुरुमा प्रयोग गरेको चस्मा पत्रमञ्जुषामा राखिएको अवस्थामा फेला परेको थियो
स्टोका अनुसार उक्त चस्माप्रति विशेष गरेर भारतबाट धेरैले रुचि देखाएका थिए। तर भाग्यवश उक्त चस्मा आफ्नो हात परेको उनको भनाइ छ।
त्यो साधारण सेतो खाममा थियो। त्यो चोरिन वा फोहोरदानीमा मिल्किन पनि सक्थ्यो। तर हाम्रो कम्पनीमा आएको यो सम्भवतः सबैभन्दा महत्त्वपूर्ण वस्तु हो। आगामी अगस्ट २१ मा उक्त चस्माको अनलाइन लिलाम हुने कम्पनीले जनाएको छ ।
