साेमबार ३३८ काेराना संक्रमित थपिए, १४० डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पीसीआर परीक्षण गरिएकोमा ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएकाे हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १४० जना डिस्चार्ज भएका छन् । योसँगै १६ हजार ४ सय ९३ जना आजसम्म डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म ७०.७ प्रतिशत कोरोना संक्रमित निको भएको उनले बताए ।

सोमबारसम्म ६ हजार ७ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *