घुसको रकम सहित इन्जिनीयर पक्राउ

काठमाडौं । नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई रु. २ लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको रु. ८ लाख २२ हजारको भौचरसहित आइतबार अपराह्न धादिङको धुनिबेँसीबाट पक्राउ गरेको हो ।

अभियुक्तले खानेपानी शाखा कार्यालयका सेवाग्राहीसँग घुसबापतको रकम उठाएर काठमाडौं आएको सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको आयोगले आज जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *