टाट पल्टियो निजी कम्पनी यूटीएल, सञ्चालक सम्पर्कविहीन

काठमाडौं । निजी लगानीको युनाइटेड टेलिकम लिमिटेड यूटीएल टाट पल्टिएको छ । टाट पल्टिएसँगै कम्पनीका सञ्चालक सम्पर्कविहीन भएका छन् ।

नेपाल टेलिकमको विकल्पको रुपमा १८ वर्षअघि यो कम्पनी सञ्चालनमा आएको थियो । कम्पनीले छोटो समयमै अत्यधिक उपभोक्तालाई आकर्षित गर्न सफल भएको थियो। तर व्यवस्थापनमा आएको समस्याले धरासायी भई अन्ततः कम्पनी नै बन्द भएको छ । कम्पनीले कार्यालय र टावर राख्न भाडामा लिएका घरको भाडासमेत लामो समयदेखि तिरेको छैन।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार २०५९ सञ्चालन अनुमति पाएको यो कम्पनी धरासायी भएर हाल यसको सञ्चालक समिति सदस्य नै बेपत्ता भएका छन् । प्रमुख कार्यकारी अधिकृत एसपी पचौरीसहित सञ्चालक समिति सम्पर्कविहीन हुँदा सरकारलाई तिर्नुपर्ने बक्यौता रकमसमेत सरकारले असुल गर्न सकेको छैन ।

यूटीएलससँग सम्बद्घ कुनै पनि अधिकारी अहिले सम्पर्कमा नभएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार यूटीएलले सरकारलाई तिर्नुपर्ने दायित्व लामो समयदेखि फरफारक नगरी लाइसेन्स र फ्रिक्वेन्सी मात्रै ओगटेर बसेको छ । प्राधिकरणलाई तिर्नुपर्ने रकम नबुझाएर उक्त कम्पनी सम्पर्कबाहिर बस्नु आफैमा शंकास्पद रहेको समाचार अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *